पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि
Published:
by .काठमाडौं- पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५३८ पीसीआर परीक्षण गर्दा १९८ र तीन हजार ५५८ एन्टिजेन परीक्षण गर्दा १५२ जना गरी ३५० जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा ५१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, कास्कीमा २२, कैलालीमा ९, लमजुङमा ८, झापा, ललितपुर र दाङमा ७र७ जना, रुपन्देही र सर्लाहीमा ६र६ जनामा संक्रमण पुष्टि भएको छ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। एक हजार २७२ जना भने संक्रमणमुक्त भएका छन्।
Comments