Sajhamanch Archive

गुहेश्वरीमा न्यानो कपडा, स्टेशनरी तथा छात्रवृत्ति वितरण

Published: in शिक्षा, समाज by .

कमल । झापाको कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयमा आज एउटै मन्चबाट एकै पटक तीन कार्यक्रम सम्पन्न भएको छ ।

जसमा कक्षा १ देखी ५ सम्मका छात्रछात्रालाई न्यानो कपडा वितरण, कक्षा १ देखी ३ सम्मका विद्यार्थीहरुलार्य स्टेशनरी तथा कक्षा २ देखी ८ सम्मका विद्यार्थीलाई अक्षयकोष समितीबाट छात्रवृत्ति वितरण गरिएको छ ।

कमल गाउँपालिका र झापाली समाज यु.ए.ई को संयुक्त आयोजनामा विद्यालयमा अध्यायनरत कक्षा १ देखी ५ सम्रएको झापाली मका एक सय जना छात्र छात्रालाई न्यानो कपडा अन्तरगत ट्रयाक सुट वितरण गसिमाज यु.ए.ई कमल गाउँपालिकका संयोजक राजेन्द्र दाहालले जानकारी दिए ।

विपन्न परिवारका नानीहरु जाडोको समयमा न्यानो कपडाको अभावमा विद्यालय आउन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै झापाली समाजले गरेको सहयोगप्रति कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले धन्यवाद दिएकी थिइन् ।

वैदेशिक रोजगारीका क्रममा झापाबाट यु.ए.ई. पुगेका युवाहरुले वैदेशिक रोजगारीका क्रममा समस्यमा परेका युवाहरुको उद्घारका निम्ति २०७२ सालमा सस्था स्थापना गरेको र त्यो सस्थाले अहिलेसम्म थुप्रै युवाहरुलाई उद्धार गरेर नेपाल फाकाई सकेको छ । पछिल्लो समय सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विभिन्न कारणले नियमित विद्यालय आउन नसक्ने बालबालिकालाई विद्यालयसम्म आउने वातावरणका लागि झापाली समाज युुएईले सहयोग गरेको झापाली समाज नेपाल सम्पर्क समितिका अध्यक्ष दुर्गेश सापकोटाले बताए ।

कार्यक्रमा कमल गाउँपालिका वडा नम्वर ५का अध्यक्ष डम्वरबहादुर निरौला, शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपाने, विद्यालय व्यवस्थापन समिती सदस्य विष्णु पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष नन्दप्रसाद न्यौपाने अक्षयकोष समितीका तर्फबाट गिता गजुरेल र ऋषीराज भण्डारी लगायतले शुभकामना मन्तव्यका क्रममा सहयोगी मनहरुलाई धन्यवाद दिनु दिएका थिए ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भोजराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमलाई विद्यालयका शिक्षक मदन अधिकारील सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *