Sajhamanch Archive

उपत्यकामा ८ दिनसम्म सडकमै फोहोर, महानगरक्षेत्रभित्रका सडक गल्ली दूषित, ठेकेदारलाई पत्याएनन् स्थानीयले

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, स्वास्थ्य, by .

काठमाडौं,  सिसडोलका स्थानीयबासीको अवरोधले उपत्यकाको फोहोर सडकमै थुप्रिएको छ ।

सात वर्ष अघिबाट शुरू भएको पासाङ ल्हामु सडकखण्डअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डका स्थानीयले सडक नबनाएको भन्दै नौं दिनयता उपत्ययकाको फोहोर सिसडोल लानबाट रोकेका छन् ।

स्थानीयको अवरोधले राजधानीलगायत उपत्यकासहित १८ स्थानीय तहको फोहोर विसर्जन हुन नसक्दा फोहोर बाटोमै थुप्रिएको छ ।

काठमाडौं र ललितपुर महानगरक्षेत्रभित्रका सडक गल्ली पूर्ण रूपमा दूषित भएको छ । फोहोर विसर्जन गर्न नसकेपछि अस्पतालजन्य फोहोरसमेत जहाँको त्यहीँ थुप्रिएको छ ।

स्थानीय, काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनीका प्रतिधिनिबीच पटकपटक भएको वार्ता सफल हुन सकेको छैन । हिजो आइतबार साँझ अबेरसम्म भएको वार्ता पनि सफल हुन सकेन् ।

कामपाका वातावरण व्यवस्थापन विभागका तर्फबाट खटिएका कर्मचारी रवीन प्यासीले वार्ता जारी रहेको बताउँदै भने– ठेकदारले सडक निर्माणका लागि चैत ८ गतेसम्म म्याद राखे तापनि स्थानीयले विश्वास गर्न नसक्ने भन्दै तत्काल काम शुरू गर्न माग राखेका छन् ।’

उनका अनुसार शारदा अधिकारीको कम्पनी शैलुङ कन्ट्रक्सनको तर्फबाट वार्तामा उपस्थित भएका अनुरूप अधिकारीले एक महिनाभित्र सडक कालोपत्रे गरिसक्ने वचन दिए । तर, स्थानीयले तत्काल नै सडक बनाउनुपर्ने माग राखेपछि वार्ता सफल हुन नसकेको हो ।

स्थानीयको तर्फबाट तारकेश्वर नगरपालिका–३ का अध्यक्ष मनोहरी तिवारीले सात वर्षदेखि बाटो निर्माण नभएकोले विश्वास गर्ने ठाउँ नभएको बताए ।

उनले भने – माओवादी अध्यक्षपुस्पकमल दाहालका घरबेटी शारदा अधिकारीको शैलुङ कन्ट्रक्सनका प्रतिनिधिसँग कतिपटक वार्तामा बस्यौं, आजै सामान खसालेर भोलिबाट बनाउँछु भन्छ ।

तर, वर्षौं बित्यो कहिल्यै बनाएन । अहिले फेरि एक महिनाको म्याद मागेको छ । सो म्यादसम्म काम गर्ने आधार नदेखिएको कारण तत्काल फोहोर उठाउन दिन सक्ने अवस्था छैन ।’

स्थानीयवासीले ठेकेदार कम्पनीले सडक निर्माण नगरे स्थानीय निकायकै सहयोगमा निर्माण गर्ने पनि बताएका छन् । सिसडोल ल्यान्डफिल साइटमा दैनिक करिब २ सय ट्रक फोहोर व्यवस्थापन हुने गरेको थियो ।

आठ दिनदेखि फोहोर व्यवस्थापन हुन नसक्दा राजधानीको सडक गल्लीमा करिब ६ हजार टन फोहोर सडकमै थुप्रिएको छ भने कति त फोहोर ओसार्ने गाडीमा थुप्रिएका छन् । कामपाले फोहोर व्यवस्थापन गर्न नसकेपछि घरमै फोहोर थुपार्न सार्वजनिक अपिल जारी गरेको छ ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले समस्या समाधान नभएसम्म घरको फोहोर बाहिर नल्याउन आग्रह गर्दै भनिन– हामी केही दिनभित्र घरमै फोहोर लिन आउनेछौं, त्यति बेलासम्म फोहोर नफाल्न अनुरोध गर्दछौं ।’

विभागले फोहोरको कारण महामारी फैलन सक्ने भन्दै रोगबाट बच्न पनि घरमै फोहोर व्यवस्थापन गर्न आग्रह गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *