बडी बनाउनका लागि लुटे प्रोटिन
Published: (Updated: )
by .
घटना भारतस्थित रोहिणी सेक्टर–८ को प्रोटिन शपको हो । नर्थ रोहिणी पुलिसले घटनाबारे अनुसन्धान थालेको भारतीय समाचार एजेन्सीले बताएको छ ।
पुलिसको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सोमबार दिउँसो अंकुश पसलमा थिए । त्यतिबेला एक दुब्ला पातला व्यक्तिले बडी बनाउने पाउडर मागे ।
अंकुशले यस्तो प्रोटिन खाँदा शरिरलाई नकारात्मक असर पुर्याउने बारे सम्झाउँदै आरोपीलाई यसका लागि जिम ट्रेनरको सल्लाह लिन आग्रह गरे । आरोपीले जिद्दी गर्न थाले तर अंकुशले यसो नगर्न सम्झाइरहँदा उनी त्यहाँबाट फर्किए ।’
‘त्यसको केही बेरमा आरोपी फर्किए र अंकुशलाई प्रोटिनको ब्रान्ड लेखेर दिन आग्रह गरे । जब अंकुश लेख्न थाले तब उनले अंकुशको हात समातेर उनको कञ्चटमा गोली तेर्साएर धम्की दिए । उनले यसो गरिरहँदा दुई साथी पसलमाम आएर लाखौंको प्रोटिन प्याकेट र औषधी लिएर फरार भए,’ पुलिसले बताए ।
Comments