Sajhamanch Archive

एम्बुलेन्सको ठक्करबाट मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ झ ००२८ नम्बरकोे एम्बुलेन्सले उराँव सवार प्रदेश ०१–०२–०४१ प २१५५ नम्बरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उराँवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी भोक्राहा नरसिंह गाउँपालिकाको भोक्राहा नरसिंह स्वास्थ्यचौकीमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिइन् ।

एम्बुलेन्स चालक सप्तरीका २७ वर्षीय सुनीलकुमार मेहतालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *