Sajhamanch Archive

अखाद्य स्पर्श मह उत्पादकको बिस्कुट पनि अखाद्य

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं– खानका लागि योग्य नरहेको (अखाद्य) मह स्पर्श उत्पादन गर्ने नरबहादुर श्रेष्ठले बिस्कुट पनि अखाद्य उत्पादन गरेको खुलेको छ।

बिस्कुटलगायतका अन्य खाद्यवस्तु समेत गुणस्तरहीन उत्पादन गर्ने गरेको खुलेपछि बिक्रीविरतण गर्ने कम्पनीमै सिल गरिएको छ।

ठमेलको ज्याँठाबाट गत माघ ६ गते महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अखाद्य मह उत्पादन गरेको आरोपमा स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रालिका श्रेष्ठलाई पक्राउ गरेको थियो।

सिन्धुपाल्चोकको बाडेगाउँ गाउँपालिका–१ का ४४ वर्षीय श्रेष्ठमाथि थप अनुसन्धान गर्ने क्रममा महाशाखाले उनकै कम्पनीले उत्पादन बिस्कुट समेत अखाद्य रहेको खुलेको थियो।

उनले ललितपुरको सुनाकोठीमा त्रितारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रालि समेत सञ्चालन गर्दै आएका थिए। म्याद नाघेका र बजारमा बिक्री नभएर फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका पाउरोटीहरुलाई पुनः धुलो बनाई कुकिज टोस्ट तथा अन्य बिस्कुट बनाई बजारमा बिक्री गर्ने गरेको खुलेपछि सिल गरिएको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए।

श्रेष्ठले तीन वर्षदेखि अखाद्य वस्तु बेच्दै आएको खुलेको एसपी कोइरालाको भनाइ छ। सामेबार खाद्य तथा गुण नियन्त्रण विभाग समेतको रोहबरमा उक्त वस्तुहरु नष्ट गरी कम्पनीमा सिल लगाइएको हो।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *