Sajhamanch Archive

वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कर्जाको अवस्था कस्तो ?

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, by .

काठमाण्डौ । फागुनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेको हो।

गतमाघ २९ गतेसम्म ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप फागुन ६ गतेसम्म बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ।

यसैगरी वाणिज्य बैंकहरुको कर्जा लगानी पनि फागुनको पहिलो साता ४ अर्ब रुपैयाँले बढेको छ। गत माघ २९ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ५५ अर्ब रुपैयाँ रहेकोमा फागुन ६ गतेसम्म बढेर ४१ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *