कांँग्रेस महोत्तरी-३ को सभापतिमा राघवेन्द्र झा
Published:
by .महोत्तरी, नेपाली कांँग्रेस महोत्तरी क्षेत्र नम्बर-३ को सभापतिमा राघवेन्द्र झा निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा झा ३०९ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी लवराजा सिंहले २१६ मत प्राप्त गरे । त्यस्तै सचिवमा रुद्र किशोर कुमार (३०१) र दिलिपकुमार चौधरी (२९३) विजयी भएका छन् । सह(सचिवमा विनयकुमार मण्डल (३०१) र भरत प्रसाद पाण्डेय (२९३) निर्वाचित भएका छन् ।
त्यस्तै, महिला सदस्य क (१) मा जयमुखी देवी (२८२) , महिला सदस्य ख(१) मा पुनमदेवी ठाकुर (२९४), सदस्यहरूमा सत्रुधन शर्मा (२८२), रामबाबु यादव (२७९), सुरेशप्रसाद यादव (३०२), दिलिपकुमार साह (३१८), महिला सदस्य प्रत्यक्ष तर्फमा अनिता कुमारी (३०३), हेमनाथप्रसाद सिंह (२९३), जयचन्द्र झा (२९६), श्रीनारायण ठाकुर(२८०), प्रेम ठाकुर(२८१), ललन चौधरी(२९१), सरिफ नदाफ(२७३), वकिल अहमद (२८०), चन्दर महरा (२८१) र हिरादेवी मण्डल (२७४) निर्वाचित भएका छन् ।
त्यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मधेशी पुरुषतर्फ दीपककुमार मिश्र, श्रीचन्द्र महासेठ र रामतेज मिश्र विजयी भएका हुन् । महिलातर्फ अनितादेवी शर्मा, रश्मी ठाकुर, शकुन्तला देवी र जानकी देवी निर्वाचित भएका छन् ।
प्रत्यक्षतर्फ रामचन्द्र तिवारी, नरेन्द्रप्रसाद मिश्र, ईश्वरनारायण पाण्डे, गरिबदास ठाकुर, पवन साह, विजयकुमार यादव निर्वाचित भएका छन् भने जनजातीतर्फ वैजनाथ मण्डल, दलित महिलातर्फ श्रृजनादेवी माझी, दलित पुरुषतर्फ रौदी पासवान र मुस्लिम पुरुषतर्फ खुर्सैद मियाँ र अल्पसंख्यकतर्फ नविन कुमार सिंह विजयी भएका छन् ।
लामो समयदेखि निर्वाचनस्थलको विवादले स्थगित हुँदै आएको महोत्तरी क्षेत्र नम्बर-३ को अधिवेशन पिपरा गाउँपालिकामा गर्ने सहमति भएपछि आइतबार निर्वाचन भएको थियो ।
विभिन्न वडा र पालिकाबाट मतदान गर्न पाउने अधिकार प्राप्त गरेका ५३४ जनाले मतदान गरेको जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए । महोत्तरीको बाँकी ३ वटा क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ ।
क्षेत्र नम्बर–१ मा महेश झा, क्षेत्र नम्बर–२ मा राजकरण साह र क्षेत्र नम्बर–४ मा उत्तिम यादव सर्वसम्मत चयन भइसकेका छन् ।
Comments