एमसीसीविरुद्धको रिट सर्वोच्चले गरेन दर्ता
Published:
by .काठमाडौँ । सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ ।
मंगलबार अदालत प्रशासनले सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकार भित्र नपर्ने भन्दै रिट दरपीठ गरिदिएको हो ।
अधिवक्ता सुरेन्द्र भण्डारी एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए ।
भण्डारी दरपीठका विरुद्ध पनि अदालत जाने भएका छन् ।
Comments