Sajhamanch Archive

शेयर बजार १७ दशमलव ४२ अङ्कले बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by .

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १७ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आज १७ दशमलव ४२ अङ्कले बढेर दुई हजार सात सय ३५ दशमलव ४२ विन्दुमा पुगेको छ ।

आज उत्पादन र लगानी समूहबाहेक सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको शेयर एक सय २८ अङ्कभन्दा धेरैले बढेको छ ।

आज दुई सय २८ कम्पनीका ६० लाख ८१ हजार कित्ता शेयर तीन अर्ब २१ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २१ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मैलुङ खोला जलविद्युत् कम्पनी र युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बजार बढे पनि सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै दुई प्रतिशतले घटेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *