Sajhamanch Archive

कल सेन्टरका नाममा अवैध कारोबार गर्ने चिनियाँ सहित भक्तपुरबाट एक चिनियाँसहित ८० जना पक्राउ

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by .

काठमाडौं, भक्तपुरको सानो ठीमीबाट एक चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका डिएसपी राजु पाण्डेले कल सेन्टरमार्फत पैसा असुल्न विभिन्न धम्की दिने गरेको अभियोगमा उनीहरुलाई प्रक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा प्रायजसो भारतका युवा युवती रहेको पनि उनले बताए । कुनै एक सिस्टममार्फत निश्चित छोटो अवधिका लागि सुरुमा आफैं ऋण दिने र पछि सामाजिक सञ्जालमा फोटो राखेर धम्क्याउने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

‘सुरुमा पाँचदेखि दश हजारसम्म ऋण दिने । एक हप्ताभित्रको म्याद दिएको छ भने छ दिनमा नै धम्क्याउने गरेको र अवैध कल सेन्टर सञ्चालन गरेको पाइएको छ ।’, यो पैसा कसरी इन्भेष्ट हुन्थ्यो भन्ने विषयमा पनि अनुसन्धान हुने उनले भने ।

पक्राउ परेकाहरुलाई भक्तपुरकै विभिन्न प्रहरी कार्यालयहरुमा राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *