Sajhamanch Archive

कलाकार जयनन्द लामाको निधन

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, विविधा, समाज, by .

काठमाडौं-वरिष्ठ लोक सर्जक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। लामाको बुधबार बिहान निधन भएको हाँस्य कलाकार शिवहरि पौडेलले जानकारी दिए।

पछिल्लो समय चलचित्र र टेलिसिरियलमा समेत अभिनयमा व्यस्त रहेका लामाले गाएका ‘कलकत्ते काइँयो, केश मेरो बाङ्गो’ लगायतका गीत चर्चित छन्।

उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बाङ्गो, टेबलमा ऐना छ बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन्।

उनले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गरेका लामा चरित्र अभिनयमा सक्रिय थिए।

उनले लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँ गाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका थिए। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरेका थिए।

उनी सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *