Sajhamanch Archive

नेष्डो समृद्धि लघुवित्तको आईपीओ बिक्री खुला

Published: in अर्थतन्त्र, by .

काठमाडौं- नेष्डो समृद्धि लघुवित्तले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको हो ।

जसको ०.५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता सेयर कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गर्दै बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरेको हो।

कम्पनीको आईपीओमा फागुन १५ गतेसम्म र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *