माओबादी अध्यक्ष दाहाल भेट्न प्रधानमन्त्री देउवा पुगे खुमलटार
Published:
by .काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् ।
हिजो नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका देउवा आज बिहान दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका हुन् ।
दुवैजनाबीच अहिले भेटवार्ता चलिरहेको छ । संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसिसी) अहिले सत्तारूढ दलहरूबीच किचलो बनेको छ ।
प्रधानमन्त्री देउवा जसरी भए पनि एमसिसी पारित गर्नैपर्ने पक्षमा छन् । यता माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसिसीको विपक्षमा रहेको छ ।
नेकपा एमाले भने पर्ख र हेरको नीतिमा छ । हिजो एमाले अध्यक्ष ओलीले आफूहरूले कारबाही गरेका १४ सांसदलाई कारबाही नगरेसम्म सहयोग नगर्ने बताएका छन् । जसले गर्दा देउवा दौडधुपमा लागेका हुन् ।
Comments