Sajhamanch Archive

पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु हुँदा थपिए ३ सय १२ जना नयाँ कोरोना संक्रमित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं-  नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५ हजार १०३ पीसीआर तथा ३ हजार ५९० एन्टिजेन गरि ८ हजार ६९३ परीक्षणका क्रममा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार सो समयमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३० पुगेको मन्त्रालयले जनाएको छ।

हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ५ हजार १०३ पीसीआर तथा ३ हजार ५९० एन्टिजेन परीक्षण भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *