Sajhamanch Archive

एमसीसी प्रस्तावमाथि आज संसदमा छलफल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं-  प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसीमाथि आजदेखि छलफल सुरु हुने भएको छ। आज दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद सचिवालयले जनाइसकेको छ।

अर्थमन्त्री जनार्दन शर्माले संसद्‍मा प्रस्ताव पेस गरेसँगै त्यसमाथि छलफल सुरु हुने भएको हो। एमसीसी ८ फागुनमा सदनमा टेबुल भइसकेको छ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले आजै कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन्। एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे उक्त बैठकमा छलफल हुनेछ।

दलहरूबीच एमसीसीका फरक मत रहँदै आएको छ। सत्तारुढ दलहरू नै एमसीसीका विषयमा एक मत छैनन्। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी पास गर्ने रणनीतिमा छ। सत्तासाझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विपक्षमा छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *