संसद बैठक अघि दाहाल, नेपाल र यादव जुटे छलफलमा
Published:
by .काठमाडौं, सत्ता सत्ता गठबन्धनबाहेकका अन्य दलका शीर्ष नेताहरु छलफलमा जुटे्का छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव बिहीबार दिउँसो १ बजेको प्रतिनिधिसभाको बैठक अघि छलफलमा जुट्को दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
बैठकमा माओवादी नेताद्वय् नारायणकाजी श्रेष्ठ र देव गुरुङ र जसपा नेता अशोक राई पनि छलफलमा सहभागी छन् । संसदमा प्रस्तुत भइसकेको एमसीसी परियोजना आजको बैठकमा छलफलको प्रस्ताव अगाडि बढाउने कार्यसूची तय भइसकेको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने बताउँदै आएको छ । यी लगायतका विषयमा उनीहरुबीच छलफल जारी छ ।
Comments