कमलमा राष्ट्रिय हात्तीपाइले रोग निवारण अन्तरगत पालिका स्तरिय योजना तथा बहुनिकाय गोष्ठी सम्पन्न
Published:
by .कमल । झापाको कमल गाउँपालिकामा राष्ट्रिय हात्तिपाईले रोग निवारण अभियान २०७८ अन्तरगत पालिका स्तरिय योजना तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ ।
नेपालको तीन तीरको सीमाना भारतसँग जोडिएकाले नेपालका दक्षिणी भेगहरु हात्ती रोगबाट बढी प्रभावित भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले बताए ।
हाल नेपालमा प्रति १ सय जनामा ३ जना हात्ती पाइले रोगी भेटीने गरेको उनको भनाई छ ।
सरकारले हात्ती पाइलो रोग विरुद्ध आभियानकै रुपमा कार्यक्रम सञ्चालन गरेको १० वर्ष वितिसक्दा पनि नेपालमा हात्ती पाइले रोगबाट मुक्त पाउन सकिएको छैन । कतिपय माननिसले नियमित औषधी सेवन नगरेका कारण यो रोग पुर्ण रुपमा नहटेको स्वास्थ्य कार्यल्य झापाका फोकल पर्सन जीवन चौलागाईले बताए। यही फागुन २८ गतेबाट ११ औं चरणको आम नागरिकलाई औषधी सेवनको कार्यक्रम रहेको उनले जानकारी दिए ।
हात्ती पाइलेका कारण मानिसको तुरुन्तै मृत्यु नभएपनि शारीरिक अपाङ्गता, सामाजिक बहिस्कार जस्ता समस्या हुने गरेको छ । हाल यो रोगका कारण विश्वमा १ दशमलव ३ अरब मानिस रोगको संक्रमणको जोखिममा छन् भने लगभग १२ करोड मानिस संक्रमित भईसकेका छन् ।
क्युलेस नामक लामखुट्टेको टोकाईबाट यो रोग मानिसमा सर्ने गर्दछ । नेपालका ७७ वटा जिल्ला मध्ये ६१ जिल्लमा यो रोग नियमित देखिने गरेको बताइएको छ ।
स्वास्थ्य कार्यालय झापाले जनाए अनुसार हाल झापामा २ सय ८६ जना विरामी रहेका छन् । जस अन्तरगत हात्ती पाइलेका १ सय ४० र हाईड्रोसीलका लक्षण देखिएका १ सय ४६ जना व्याक्ति रहेको छन् ।
कार्यक्रममा उपस्थित जनप्रतिनिधी, संघसस्थाका प्रतिनिधी, शिक्षक ,कर्मचारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा कमल गाउँपलिका स्वास्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले आफु पनि औषधी सेवन गर्ने र आम नागरिकलाई पनि औषधी सेवनकालागी प्रेरित गर्न अनुरोध गरेका थिए ।
Comments