Sajhamanch Archive

प्रतिनिधिसभा बैठक १५ गतेसम्म स्थगित

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, प्रतिनिधिसभा बैठक आगामी १५ गतेसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ ।

आज पनि सरकारकै आग्रहमा बैठक स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ । कानूनमन्त्री दीलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक स्थगित गर्नका लागि आग्रह गरेका हुन् ।

थप गृहकार्यका लागि सरकारको तर्फबाट कानूनमन्त्रीले सिंहदरबारमा सभामुख सापकोटालाई भेटेर समय मागेका हुन् । आजको बैठकमा एमसिसीबारे थप सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो ।

आजको बैठकमा एमसिसीबारे थप सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो । यसअघि बिहीबारको बैठकपनि अन्तिम समयमा आएर स्थगित भएको थियो । एमसिसी टेबल भएपछि सत्तारुढ दलहरू विभाजित भएका छन ।

माओवादी केन्द्रका नेताहरू खुमलटारमा जम्मा भएर सरकारमा बस्ने/नबस्ने बारे छलफल गरिरहेका छन् । अहिले संसद् सचिवालयले संसद स्थगितको सूचना जारी गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भने एमसिसी पास गराउन प्रतिपक्षी एमालेसँग वार्ता गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *