लखनपुर — क्याम्पा— मंगलवारे — शिवगंज सडकमा संकेत बोर्ड
Published:
by .कमल । तोपगाछी धरमपुर मैत्री समाजले शुक्रवार लखनपुर — क्याम्पा— मंगलवारे — शिवगंज सडकमा संकेत बोर्ड राखिएको छ ।
कमल गाउँपालिका वडा नम्वर ५ लखनपुर स्थित मंगलवारे देखी शिवसक्षाक्षी नगरपालिका वडा नम्वर ६ हल्लारचौक हँुदै शिवगंज सम्म जाने सडकको मुख्य १४ स्थानमा संकेत बोर्ड राखिएको तोपगाछी धरमपुर मैत्री समाजका सल्लाकार होमप्रसाद गौतमले जानकारी दिए ।
लखनपुरको मंगलवारे बजारबाट शिवगंजसम्म पुग्ने १६ किलोमिटर लम्वाई रहेको अत्यन्तै छोटो दुरीमा पर्ने सडकमा १४ वटा संकेत बोर्ड राखिएको छ । सडकको प्रमुख चोक चोकमा बोर्ड राखिएको छ । यसका कारण यो सडकमा यात्रा गर्ने यात्रुलाई कुन ठाउँ कता पर्छ भन्ने समस्या हट्ने छ । ६० हजार रुपैयाको लगानीमा मैत्री समाजले बार्ड निर्माण गरी प्रमुख चोकमा राखेको तोपगाछी मैत्री समाजका अध्यक्ष यज्ञ न्यौपानेले जानकारी दिए ।
समाजका पुर्व अध्यक्ष हर्क राईको पहलमा सुरु गरिएको यो सडकको निर्माण कार्य यसै आर्थिक वर्षवाट कालोपत्रे सुरु गरिने कमल गाउँपालिका उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी दिए ।
Comments