Sajhamanch Archive

युवालाई एसी तथा फ्रिज मेकानिक तालिम

Published: in विविधा, समाज by .

बिर्तामोड । मनमोहन स्मृति पोलिटेक्निक बुढीगंगा –४ मोरङको आयोजना तथा पूर्वाञ्चल एकता बहुउद्धेशिय सेवा प्रालि बिर्तामोडको संयोजनमा एसी तथा फ्रिज मेकानिक तालिम बिर्तामोडमा सुरु भएको छ ।

एसी तथा फ्रिज मेकानिक पेशामा आवद्ध मेकानिक्सहरुको सीप अभिवृद्धिका लागि उक्त तालिम प्रदान गरिएको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीइभिटी ) र दिगो तथा सम्मनित रोजगारीका लागि सीप परियोजनाको सहयोगमा ९६ घण्टे एसी तथा फ्रिज मेकानिक तालिम शुरु गरिएको हो ।
पूर्वाञ्चल एकता बहुउद्धेशिय सेवा प्रालि बिर्तामोडका अध्यक्ष गणेश रायको अध्यक्षता तथा बिर्तामोड –४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी कोषाध्यक्ष रमा घिमिरे सापकोटाले स्वागत गरेकी थिइन् ।

मनमोहन स्मृति पोलिटेक्निक मोरङका प्रमुख इञ्जििनियर सुदिप अधिकारीले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा पूर्वाञ्चल एकता बहुउद्धेशिय सेवा प्रालि बिर्तामोडका सचिव तथा तालिमका प्रशिक्षक राकेशकुमार सिंहले तालिमका बारेमा जानकारी गराएका थिए । तालिममा २० जना एसी तथा फ्रिज मेकानिक पेशामा आवद्ध मेकानिक्सहरुको सहभागिता रहेको छ ।
कार्यक्रमको सञ्चालन टेक्निसियन मदन प्रसाईंले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *