रोयल इन्फिल्डले सस्तो बाइक लन्च गर्ने
Published: (Updated: )
by .काठमाडौ, रोयल इन्फिल्डले मार्चको पहिलो हप्तामा आफ्नो आगामी स्क्राम ४११ बाइक लन्च गर्ने तयारी गरेको छ । यद्यपि कम्पनीले यसको औपचारिक घोषणा भने गरेको छैन ।
रोयल इन्फिल्ड स्क्राम ४११ को मूल्य लगभग १ लाख ७५ हजार भारु अनुमान गरिएको छ । लन्चिङ पछि सो बाइकले भारतमा होन्डा सीबी३५०आरएस, हस्कभर्ना स्टार्भपिलेन २५० र यज्दी स्क्राम्बलरसँग प्रतिस्पर्धा गर्नेछ ।
रिपोर्टका अनुसार सो बाइक हिमालयन एड्भेन्चरको रोड बेस्ड भर्सन हुनेछ । लन्च हुनु अघि नै कम्पनीले नयाँ स्क्राम ४११ रोड बेस्ड बाइक डिलरशिपमा ढुवानी गर्न थालेको छ ।
रोयल इन्फिल्ड स्क्राम ४११ ह्वाइट र ब्ल्याक गरी २ रङको थिममा आउने अपेक्षा गरिएको छ । सो बाइकमा ४११ सीसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले २४.३ एचपी पावर र ३२ एनएम टर्क जेनेरेट गर्छ ।
सो बाइकमा ५ स्पिड ट्रान्समिसन जोडिएको छ । नयाँ स्क्राम ४११ मा सिंगल सिट, बडी कलर्ड कास्ट मेटल हेडल्याम्प काउल, ट्रिपर नेभिगेसन फंक्सनको साथ अफ–सेट स्पीडोमिटर हुने सम्भावना छ ।
रोयल इन्फिल्ड स्क्राम ४११ मा १९ इन्चको फ्रन्ट ह्विल दिने सम्भावना छ । रोयल इन्फिल्डको हिमालयनमा २१ इन्चको ह्विल उपलब्ध छ ।
Comments