Sajhamanch Archive

एजुकेशन एण्ड माइग्रेशन कर्नर मिस प्रोविन्सको उपाधि सुप्रियाले हात पारिन्

Published: (Updated: ) in टिप्स/जानकारी by .

विर्तामोड । एजुकेशन एण्ड माइग्रेशन कर्नर मिस प्रोविन्स वानको उपाधि झापा दमककी सुप्रिया कडरियाले जितेकी छिन् । सहभागी अन्य २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधी जितेकी हुन् ।

ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टको आयोजनामा भएको प्रदेश नम्बर १ स्तरीय सो प्रतियोगिताको फस्ट रनर अफ झापा अर्जुनधाराकी दिपशिखा नेपाल र सेकेण्ड रनर अप इलाम सूर्योदय नगरपालिकाकी सुप्रिया कोइराला घोषित भए ।

उनीहरुलाई मिस मेची समिक्षा खतिवडा, मिस टिन साङमा शेर्पा र मिस एसईई स्नेहा संग्रौलाले ताज पहराइ दिएका थिए । बिजेताहरुले क्रमश ५० हजार, २० हजार र १५ हजार नगद पुरस्कारका साथमा छात्रबृत्ति मोडलिङ सम्झैता प्राप्त गरेको आयोजक कम्पनीका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिए ।

प्रतियोगिताको निर्णायकको रुपमा मिस नेपाल अर्थ २०१७ रोजिना श्रेष्ठ, सञ्चारकर्मी तथा समजसेवी पुष्पाञ्जली सिन्हा, एक्सेल बैंकका सिइओ दिनेश पोखरेल, एन प्याबसनका केन्द्रिय सदस्य धर्म माझी र इष्ट होराइजन इंग्लिस स्कुलकी ११÷१२ संयोजक रेखा दाहाल क्षेत्री रहेका थिए ।

प्रतियोगितामा प्रदेश नम्बर १ का १४ जिल्लाका २६ जना सहभागी थिए । यस अघि मिस मेचीका नाममा सञ्चालन भईरहेको प्रतियोगितालाई देश संघिय संरचनामा गईसकेपछि प्रदेश १ स्तरिय बनाउँदै मिस प्रोविन्स वान बनाइएको हो । प्रदेश नम्बर १ को नाम टुंगो लागेसँगै प्रतियोगिताको नाम पनि टुंगो लगाइने आयोजक कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिएका छन् । बिजेता तिनै जनाले आफ्नो कक्षा १२ को अध्ययन पुरा गरेपछि मिस नेपालमा सहभागीता जनाउने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *