संसद बैठक अघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक
Published: (Updated: )
by .काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। सापकाटाले आइतबार बिहान साढे ११ बजेका लागि बैठक बोलाएका हुन्।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।
आइतबार दिउँसो १ बजेका आह्वान गरिएको प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो। बैठकले संसद् बैठकका कार्यसूची निर्धारण गर्नेछ। बैठकमा संसद्मा जारी अवरोधलगायत विषयमा छलफल न्यौपानेले बताए।
यसअघि सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले असहभागी हुँदै आएको छ।
Comments