Sajhamanch Archive

विर्तामोड नगरमा ढाका बुनाई तालिम सुरु

Published: (Updated: ) in समाज, स्थानीय तह by .

विर्तामोड । बिर्तामोड नगरपालिका ८ हर्चनामा ढाका बुनाई तालिम शुरु भएको छ । ज्येष्ठ नागरिक चौतारीको भवनमा बिर्तामोड नगरपालिकाको गरिवि निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आइतबार देखि तालिम शुरु भएको हो ।

तालिमको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले व्यानर पढेर उद्घाटन गर्नु भयो । तालिममा २१ जना सहभागी भएका छन् । ढाका कपडा बनाउनको लागि भुमि लिम्बुले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ ।

उद्घाटन कार्यक्रममा नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिना,वडा सदस्य गंगा राजवंशी,समाजसेवी किरण तिम्सिना लगायतको उपस्थिति रहेको थियो । तालिम २०७९ बैशाख १५ गतेसम्म सञ्चालन हुने छ । भवनमा यस अघि देखिनै नगरपालिकाको आयोजनामै सिलाई कटाई तालिमसमेत सञ्चालन भईरहेको छ । तालिमलाई दुर्गा उप्रेतीले प्रशिक्षण प्रदान गर्दै आएका छन् ।

यस्तै बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित गरामनिमा अचार बनाउने तालिमको समापन गरीएको छ । गरिवि निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत फागुन ८ गते देखि शुरु भएको यस तालिममा १३ जनाले सहभागिता जनाएका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले तालिममा सिकेको सिपलाई पेशा बनाउन आग्रह गर्नु भयो । सामुहिकरुपमा अचार बनाउने उद्योग सञ्चालन गर्नु पर्नेमा जोड दिँदै उहाँले व्यवसायिक बन्नु पर्ने बताए । यस्तै उपप्रमुख पवित्रा महतारा प्रसाईले सबै महिलाहरु आत्मनिर्भर हुनु पर्ने बताए । चुला चौकाबाट बाहिर निस्केर महिलाहरुले व्यापार व्यवसाय लगायत सामाजिक गतिविधिमा समेत सक्रिय रहन उहाँले सुझाव दिए । प्रशिक्षार्थीहरुलाई नगरप्रमुख शिवाकोटीले प्रमाण पत्र प्रदान गरेका थिए । अचार बनाउने तालिमलाई वेदनिधि चापागाई र मुना दाहालले प्रशिक्षण दिए ।

समापन कार्यक्रममा वडा नम्बर ९कि वडाध्यक्ष पवित्रा पाठक,वडा सदस्य दिपक भट्टराई लगायतको उपस्थिति रहेको थियो । नगरपालिकाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत विभिन्न प्रकारका तालिमहरु सञ्चालन गर्दै आएको कार्यक्रमकी सहजकर्ता चनिमाया तामाङले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *