झापाको विर्तामोडबाट ३ जना बन्दकर्ता पक्राउ
Published:
by .झापा । राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध गरिएको नेपाल बन्दका कारण झापाको जनजीवन प्रभावित बनेको छ ।
एमसीसी विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (बिप्लब) सहितको ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले आह्वान गरेको बन्दका कारण झापाको जनजीवन प्रभावित बनेको हो ।
झापाको विर्तामोडमा ३ जना बन्दकर्ता पक्राउ परेको नेपाल कम्युनिष्ट पार्टी झापाले जनाएको छ । पक्राउ पर्नेहरूमा बालकृष्ण , राजकुमार बस्नेत र रविन राई रहेका छन्।
सोमबार बिहानैदेखि सडकमा बन्दकर्ताले टायर बालेर प्रदर्शन गर्दै आएका छन् ।
राजमार्गमा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने केही मात्रामा छोटो दूरीका सवारीसाधन चलेका छन्। बन्दका कारण लामो दूरीका यात्रुहरू अलपत्र परेका छन्। सरकारले एमसिसी पास गरेपछि आन्दोलनले झनै उग्र रूप लिएको हो ।
Comments