Sajhamanch Archive

एपीएफ ललितपुर मेयर च्याम्पियनसिपको बिजेता

Published: in खेलकुद, by .

काठमाडौ, विभागीय टोली एपीएफले ललितपुर मेयर महिला टि-२० च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ। उसले सोमबारको फाइनलमा सुदूरपश्चिममाथि ८ विकेटको सहज जीत हात पार्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो ।

११४ रनको लक्ष्य एपीएफले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि ज्योति पाण्डेले सर्वाधिक ४३ रनको योगदान दिइन् । ४४ बलको सामना गरेकी उनले ५ चौका प्रहार गरिन् ।

इन्दू बर्मा २९ तथा राजमति ऐरी ५ रनमा अविजित रहँदा कप्तान सीता राना मगरले १९ रन बनाइन् । पहिलो विकेटका लागि ज्योति र सीताले ५८ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई राम्रो सुरुवात दिलाएका थिए ।

सुदूरपश्चिमका लागि सम्झना खड्का र लक्ष्मी साउदले १-१ विकेट हात पारे । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि बिन्दु रावलले ३७, डोली भट्टले ३६ रनको योगदान दिँदा कविता कुवँर २४ रनमा अविजित रहिन् । तेस्रो विकेटका लागि डोली र कविताले रनको ५२ रनको अर्धशतकिय साझेदारी गर्दै सुदूपश्चिमको पारी उकासेका थिए ।

एपीएफका लागि सुष्मा श्रेष्ठले २ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *