Sajhamanch Archive

एमसीसी परियोजना अगाडि बढ्ने सुनिश्चितता भयो : कांँग्रेस

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– नेपाली कांँग्रेसले संसद्‌बाट एमसीसी सम्झौता अनुमोदन भएसँगै कार्यान्वयनमा जाने विषय अब सुनिश्चित भएको प्रष्ट पारेको छ।

प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार कांँग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै अब एमसीसी आयोजना कार्यान्वयनमा जाने सुनिश्चितता भएको बताएका हुन्। ‘स्वामित्वको हिसाबले नयाँ नजिर स्थापित गर्छ।

भविष्यमा नेपालमा आउने आर्थिक सहयोग सम्बन्धमा पनि थप पारदर्शिता र नेपालको स्वार्थलाई ध्यान केन्द्रित गर्छ,’ उनले भने, ‘केही आशंका संसद्‌मा पनि हिजो व्यक्त भयो। यो खाली कागजको खस्टो हो भन्ने अभिव्यक्ति आएको छ। त्यस सम्बन्धमा पनि अमेरिकी सरकारले स्वागत गरेको छ।’

उनले व्याख्यात्मक घोषणामा उल्लेख भएका विषयले पनि धेरै कुरा प्रष्ट पारेको भन्दै आयोजनाले अब गति लिने बताए। ‘सम्पूर्ण ध्यान यो आयोजनालाई समयसीमाभित्र सम्पन्न गर्नेतर्फ हुनुपर्दछ।

यो आयोजनाको सफलताले अहिले देखिएका सबै भ्रम आफसेआफ समाप्त भएर जानेछन्,’ महतले भने, ‘विकास र सहयोग सम्बन्धमा नयाँ अध्याय सुरु हुनेछ। अमेरिकी सरकारसँग मात्रै होइन कि अन्य दातृ निकायमा पनि त्यो हुनेछ।’

उनले एमसीसी परियोजना कार्यान्वयनमा जाँदा आउन सक्ने चुनौतीका विषयमा पनि सरकार गम्भीर भएको भन्दै गठबन्धनमा रहेका दलहरु पनि लाग्ने बताए।

‘जनतामा देखिएको भ्रमलाई चिर्ने काम सबै मिलेर गर्नुपर्दछ भन्ने हाम्रो भनाइ हो,’ उनले भने, ‘विकास निर्माण त नेपाली जनतालाई चाहिएको हो। कहीँ कतै केही प्रवृत्ति देखियो भने त्यसै हिसाबले सम्बोधन गरेर जानुपर्छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *