Sajhamanch Archive

फाइनलमा विराटनगर र राजविराज भिड्दै

Published: in खेलकुद by .

सुरुङ्गा । झापाको कनकाई नगरपालिकामा संचालित प्रथम टिभिएस अन्तर प्रदेश टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि विराटनगर र युथ क्लव राजविराज बीच प्रतिस्पर्धा हुने भएको छ ।

बुधवार  भएको दोस्रो  सेमिफाइन खेलमा  खुकुरी क्लव भैरहवालाई ५ विकेटले  हराउँदै विराटनगर बिजयी भएपछि शुक्रवारको फाइनल खेलका लागि विराटनगरले राजविराटसँग पक्का गरेको हो । बुधवार भएको खेलमा पहिलो ब्याटिङ्ग गरेको भैरहवाले ७ विकेटको क्षतिमा १३० रन जोडेको थियो ।

बुधवारको खेलमा दुवै टिमबाट अधिकांश राष्ट्रिय खेलाडीहरुले खलेका थिए ।  भैरहका ब्याटम्यानहरु मिनाल गुरुङ्गले २९ र निश्चल चौधरीले ३५ रन जोड्न सफल भए भने विराटनगरबाट श्रवण यादव र अजय चौधरीले समान २÷२ विकेट लिए ।
१३१ रनको मध्यम स्कोरको लक्ष्य विराटनगरले १८ ओभर ३ वल खेल्दै ५ विकेटको क्षतिमा पुरा गरेको थियो ।

विराटनगरका तर्फबाट मंजिल श्रेष्ठले २९ र सिद्धान्त लोहनीले १९ रन बनाएका थिए भने अजय राजबंशी र अमर राउटेलाले नटआउट १७  र १८ रन जोडे । भैरहवाका तर्फबाट रमेश कुर्मी र एकलाख अहमतले समान २÷२ विकेट लिए ।

विराटनगरका तर्फबाट २ विकेट र नटआउट १७ रन ल्याएका अजय राजवंशी म्यान अफ द म्याच घाषित भए । उनलाई आयोजक समितिका अध्यक्ष निशेष ओलीले नगद २ हजार र ट्रफि प्रदान गरे ।

स्थानीय कनकाई चेतना युवा क्लव र ह्वाइट वास क्लवको आयोजनामा भइरहेको क्रिकेट प्रतियोगितामा नेपालका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा बिजयी तथा उपविजयी हुने टिमले नगद ५१ ह्जार र ३१ ह्जार रुपैँया पाउने छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *