Sajhamanch Archive

शिवरात्रिको सम्पूर्ण तयारी पूरा, पाशुपत क्षेत्रमा बढे साधुसन्त

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by .

काठमाडौं, महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसर विभिन्न रङ्गका फूलहरुले सजिसजाउ छ । हिन्दू धर्मावलम्बीको पत्रिव पशुपात क्षेत्र महाशिवरात्रिको अवसरमा एक सातादेखि गुल्जार बनिसकेको छ ।

सधैँ भीडभाड भइरहने पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रिले छुट्टै रोनक थपेको छ । नेपालका विभिन्न स्थान र भारतबाट आएका साधुसन्त र दर्शनार्थीहरुको भीडभाड बढेको छ ।

मन्दिर परिसरको गेटलाई फूलका गुच्छाले सजाइएको छ । कोरोनापछि यस वर्षको महाशिवरात्रि मंगलबार मनाइँदै छ । अहिले पूर्णरुपमा कोरोना महामारी कम नभइसकेको छैन ।

यस वर्ष महाशिवरात्रि भव्यरुपमा मनाउने योजनाअनुसार पशुपति विकास कोषले करिब ७०–७५ लाख खर्च गर्दैछ भने अरु दातृनिकायहरुले स्वेच्छाले खर्च गर्ने भएका छन् ।

महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपानाउनुपर्ने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारी बताए ।

पशुपति मास, मदिरा निषेधित क्षेत्र हो । तर, भगवान शिवको प्रसाद भनेर भाङ, गाँजा खाने धेरै हुन्छन् । केही समयको रमाइलोका लागि यस प्रकारको कुलतमा लाग्नु राम्रो नहुँदैने बरु तनमत वचनले भगवानको सेवामा लाग्न पर्ने उनको भनाइ छ ।

महाशिवरात्रि भगवान शिवको एकदम प्रिय पर्व हो । यस दिन पशुपति क्षेत्रमा भक्तजनहरुको भीडभाड धेरै हुने गर्छ । यसका लागि दुई लाइन हुँदै मन्दिर प्राङ्गणनमा पुग्न सकिने व्यवस्था मिलाइएको छ ।

दक्षिण गेटको छेउमा भुनेश्वरी चोकमा जुत्ताचप्पल राख्ने व्यवस्था मिलाइएको छ भने पश्चिमको सानो गेटबाट पनि प्रवेश गर्न सकिनेछ प्रवक्ता अधिकारीले बताए ।

यसैगरी, उत्तरतिर आउने भक्तजनहरुलाई गुह्यश्वरीमा प्रवेश गर्न सकिनेछ । बाहिर चार लाइन भए पनि मन्दिर परिसर पुगेपछि पाँच–छ लाइन हुनेछ । दर्शनार्थीको स्वास्थ्यलाई ख्याल गरी स्वास्थ्य शिविरमा इसीजी सेवाको समेत व्यवस्था मिलाइएको छ ।

यस वर्ष दर्शनमार्गको पर्खालमा शिव र पर्वतीको चित्रसमेत कोरिएको छ । शिवपर्वतीको फोटो हेर्दै अनुभव गर्दै जान सक्ने व्यवस्थासहित यस क्षेत्रलाई वत्ति र फूलले सिङ्गारिएको उनको भनाइ छ ।

दर्शनार्थीलाई भीड नहोस् भनेर दर्शनमार्गको विकासको व्यवस्था समेत गरिएको छ । लाइनलाई व्यवस्थित गर्न डोरी लगाइएको छ भने पाँच हजार स्वयम्सेवी पारिचालित छन् ।

महाशिवरात्रि साधुसन्तहरुको पनि पर्व भएकाले एकादशीदेखि नागा बाबाहरु पशुपति क्षेत्र प्रवेश गरी धुनी जगाउने परम्परा रहेको उनी बताउँछन् ।

सोहीअनुसार हिजो विहान शेभायात्रासहित सुरु भई बाबाहरु पशुपति मन्दिर परिसर प्रवेश गरी सकेका छन् । साथै प्रवेश गर्न नसकेका बाबाहरुका लागि त्यही धुनी, भोजनको व्यवस्था गरिने समेत उनले जानकारी दिए ।

महाशिवरात्रि मनाउन पशुपति आएका साधुहरुलाई पराम्परागतरुपमा दक्षिणना दिइ विदाइ गर्ने चालन छ । र सोही अनुसार व्यवस्था मिलाइएकोसमेत छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *