कमल गाउँपालिका वडा नम्बर ४ द्वारा वालमैत्री घोषणा अभियानलाई तिब्रता
Published:
by .कमल । झापाको कमल गाउँपालिकाले वडा नम्वर ४ ले आफ्नो वडालाई वालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा कार्यक्रमलाई तिव्रता दिदै आज मोटरसाईकल र्याली गरेको छ ।
आगामी फागुन २३ गते वालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा कार्यक्रम अन्तरगत आज मगलवार वडालाइ वडाका सबै टोल विकास सस्थामा सचेतानमुलक मोटरसाईकल र्याली गरेको हो ।
कमल गाउँपालिका कार्यपालिकाको २०७७ साल फागुन १२ गते बसेको बैठकको निर्णय अनुसार “खुशी राखँै बालबालिकाको मुहार,बालमैत्री कमल समृद्धिको आधार”भन्ने नाराका साथ २०७८ साल फागुन मसान्त भित्रमा गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणाका लागी हरेक वडाले प्रतिवद्धता जनाएको थियो । सोहि निर्णय अनुसार २०७८ साल पौस मसान्त भित्रमा वडा नम्वर ४ लाई घोषणाकालागी हामी तयारी भएपनि कोरोनाका कारण घोषणा गर्ने कार्यक्रम रोकिएको वडा नं. ४ की वडा सदस्य गीता निरौलाले बताइन् । उनका अनुसार अहिले सबै सुचक पुरा भएकोले यहि फागुन २३ गते वडा नम्वर ४ लाई वालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा हुने तयारीमा छ ।
वडा नम्वर ४ सिद्धार्थ चौकबाट सुरु भएको मोटर साईकल र्याली जोगिचौन टोल विकास सस्था,चुलाचुलीटोल विकास सस्था, एकता टोल विकास सस्था, सितापुरीटोल विकास सस्था ,सगमाथा टोल बिकास सस्था हुँदै वडामा भएका १३ वटै टोल विकास सस्थामा पुगेर २३ गते घोषणा गर्ने स्थान पुलचोकमा पुगेर समापन भएको थियो ।
बालमैत्री गाउँपालिका घोषणा गर्नकालागी आवश्य पर्ने ५१ वटा सुचक मध्ये वडा नम्वर ४ ले सबै सुचक पुरा भएको घोषणा गर्न लागिएको वडा अध्यक्ष प्रेम बहादुर राईले जानकारी दिए ।
सबै मापदण्ड पुरा गरी पालिका भित्र पहिले बालमैत्री घोषणा गर्ने वडालाई गाउँपालिकाको विकास बजेटबाट १० लाख रुपैया र बालमैत्री घोषणा गर्ने सामुदायिक विद्यालयहरुमा पहिलोे हुनेलाई १ लाख ५० हजार दोस्रालाई १ लाख र तेस्रो हुने विद्यालयलाई ५० हजार रुपैया प्रोत्साहन स्वरुप नगद प्रदान गरिने समेत गाउँपालिकाले जनाएको छ ।
Comments