Sajhamanch Archive

एमसीसी अनुमोदन गरेर स्थगन भएको प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन कार्यसूची

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन भएयता पहिलोपटक आज (बुधबार) प्रतिनिधि सभाको बैठक बस्दै छ।

संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको हो। गत आइतबार प्रतिनिधिसभाको बहुमतले एमसीसी अनुमोदन गरेको हो। त्यसपछि स्थगित संसद् बैठक आज बस्न लागेको हो।

आजको बैठकमा हुने कार्यक्रमको सम्भावित कार्यसूची तय भइसकेको छ। संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *