भद्रपुर मारवाडी महिला तथा युवती मञ्चद्धारा शैक्षिक सामग्री वितरण
Published:
by .भद्रपुर । भद्रपुर मारवाडी महिला तथा युवती मञ्चले नगर क्षेत्रमा सामाजिक गतिविधिलाई तीव्रता दिएको छ । सोही अभियान अन्तरगत मारवाडी महिला मञ्चले बुधवार भद्रपुर ६ स्थित शारदा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
साथै विद्यार्थीहरूलाई दिवा खाजाको रुपमा खिचडी समेत खुवाएका थिए । मारवाडी महिला मञ्चकी अध्यक्ष निकी अग्रवालको नेतृत्वमा गएका पदाधिकारीसहितको टोलीले विद्यालयका २२० विद्यार्थीलाई कपी, पेन्सिल, लेजर लगायतका शैक्षिक सामग्री वितरण गरेको छ । महिला तथा युवती मञ्चले अमावस्या ९औँसी०, पूर्णिमा र मञ्चमा आबद्ध सदस्यहरूको जन्मदिन वा वैवाहिक वर्षगाँठको अवसरमा यस्ता सामाजिक कार्य गर्दै आइरहेको मञ्चकी अध्यक्ष अग्रवालले बताइन् ।
आज औँसी परेकोले विद्यालयलाई शैक्षिक सामग्री र खिचडी वितरण गरेको अग्रवालले बताइन् । गत माघदेखि सुरु गरिएको यस अभियानलाई नगर क्षेत्रभित्र निरन्तरता दिँदै लैजाने उनले बताइन् । उनकी अध्यक्षता भएको संक्षिप्त वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कोपिला गौतम, भद्रपुर ६ नम्बर वडा सदस्य प्रकाश शर्मा, भद्रपुर जेसीजका पूर्व अध्यक्ष डिल्ली पोखरेल, पत्रकार पार्थ मण्डल लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन मञ्चकी सचिव प्रीति मित्तलले गरेकी थिइन् । त्यस्तै औँसीकै अवसर पारेर मारवाडी महिला तथा युवती मञ्चले भद्रपुर ९ स्थित ग्यालेक्सी इङ्लिस स्कुलमा सात दिने जीवन विज्ञान नवप्रतिभा ध्यान विधि सुरु गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी सो ध्यान विधि सुरु गरिएको मञ्चकी सांस्कृतिक सचिव निलम गोयलले जानकारी दिइन् ।
Comments