बाल ज्योती गाउँपालिकाकै पहिलो बालमैत्री विद्यालय घोषणा
Published:
by .कमल । झापाको कमल गाउँपालिकाले वडा नम्वर २ स्थित ज्योति माध्यमिक विद्यालय गाउँपालिका कै पहिलो वालमैत्री विद्यालय घोषणा भएको छ ।
कमल गाउँगालिकाले आगामी फागुन मसान्त सम्ममा कमल गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणा गर्ने प्रतिवद्धता जनाए अनुसार गाउँपालिकामा भएका २७ वटा सामुदायिक विद्यालयहरुमा ज्योति माध्यमिक पहिलो भएको हो उक्त विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बाल मैन्त्री विद्यालय घोषणा गरेकी हुन् ।
ं गाउँ कार्यपालिकाको २०७७ साल फागुन १२ गते बसेको बैठकको निर्णय अनुसार बालमैत्री घोषणाका लागी आवश्यक ५१ वटा सुचक पुरा गरी पहिलो हुने सामुदायिक विद्यालयलाई रु १ लाख ५० हजार नगद दिने घोषणा भए अनुसार विद्यालयले सो रकम समेत प्राप्त गरेको छ ।
“खुशी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार”भन्ने नाराका साथ २०७८ साल फागुन मसान्त भित्रमा आफ्नो विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गर्नका लागि विगत वर्ष देखी नै विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको थियो । विध्यालयलाई यो अवस्थासम्म ल्याएर गाउँपालिका कै पहिलो वाल मैत्री विद्यालय बनाउनका लागी दिनरात लाग्नु हुने विद्यालय व्यवस्थापन समिति, अभिभावक, बाल क्लवका विद्यालय समेतको महत्वपूर्ण भुमिका रहेको विद्यालयका प्रधानाध्याक नगेन्द्र बस्नेतले बताए ।
कार्यक्रममा जनप्रतिनिधी, विद्यालय व्यवस्थापन, अभिभावक, वाल क्लवका सदस्यहरुको उपस्थिति रहेको थियो ।
Comments