नेकपा एमालेको अगुवाईमा आगलागीबाट क्षतिग्रस्त भवनको पुन निर्माणको सुभारम्भ
Published: (Updated: )
by .शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखाका आगलागी भएका भवन नेकपा एमालेले पुननिर्माण गरिदिने भएको छ । सोमबार आगलागी स्थलको अवलोकन गरी संघीय सांसद एलपी साँवा लगायत टोलीले आगलागी भएका भवनको पुननिर्माण गरिदिने बताएका हुन् ।
उक्त भवनहरु नेकपा एमालेको अगुवाईमा बन्ने संघीय सांसद एलपी साँवा लिम्बुले बताए । संसाद साँवाले भवन निर्माणका लागि ५१ हजार समेत निर्माण समितिलाई हस्तान्तरण गरेका छन् ।
यस्तै नेकपा एमाले शिवसताक्षी नगर अध्यक्ष रोसन थोप्राले भवन निर्माणका लागि २५ हजार प्रदान गर्ने जानकारी दिए । थोप्राले भवन पुननिर्माण गर्न ५ लाख रकम जुटिसकेकाले तत्कालन काम सुरु गरिने बताए । भवन पुन निर्माण गर्न करिब २० लाखको अनुमान गरिएको छ ।
भवन निर्माणका लागि नेकपा एमाले नगर कमिटी सदस्य तथा वडा नं. १० का इन्चार्ज उमानाथ पराजुलीको संयोजकत्वमा ९ सदस्य निर्माण समिति गठन गरिएको छ । आगामी दुई महिना भित्र भवन निर्माणको काम पुरा गरी पीडितलाई हस्तान्तरण गर्ने लक्ष्यका साथ काम गरिने निर्माण समितिले जनाएको छ । नेकपा एमालेले भवन निर्माणमा जोडिन सबैलाई आग्रह समेत गरेको छ ।
गएको फागुन १३ गते राती आगलागीमा परी डम्बर मगर, किशोर लिम्बु, हरि भण्डारी लगायतको चार वटा होटल र एउटा सामुदायिक क्लवको भवन जलेर नष्ट भएको थियो ।
आगलागी स्थलमा झापा क्षेत्र नं. ४ (ख) का प्रदेश सभा सदस्य हिराकुमार थापा, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, शिवसताक्षी १० का वडा अध्यक्ष कर्णबहादुर थापा लगायत कार्यकर्ताहरुको बाल्लो उपस्थिति रहेको थियो ।
Comments