Sajhamanch Archive

 प्रदेश सरकारले ११२ औं अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाउने

Published: (Updated: ) in प्रदेश तह, विविधा, समाज by .

विराटनगर । प्रदेश १ सरकारले ११२ औं अन्र्तराष्ट्रिय महिला दिवस भव्यरुपमा मनाउने भएको छ । सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरि मार्च ८ अर्थात भोली मनाईने दिवसको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

मन्त्रालयका सचिव दीर्घराज मैनालीले भोली विहान मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा सामाजिक संघ संस्थाहरुको सहभागितामा विराटनगर देवकोटा चौकमा भेला भएर नेपाल प्रहरीको ब्याण्ड वाजा र सांस्कृतिक झाँकी सहित बृहत ¥याली निकालिने बताए । उनले ¥याली जलजला मोडबाट बजार परिक्रमा गरि गोल्छा चौक हुँदै आदर्श माविको मञ्चको कार्यक्रममा सहभागि हुने तयारी गरिएको पत्रकार सम्मेलनमा सचिव मैनालीले जानकारी दिए । ¥यालीपछि विहान साढे ८ वजेदेखि आदर्श माविको प्राङगणमा खुल्ला रक्तदान कार्यक्रम राखिएको छ । दिउँसो मानवसेवा आश्रममा आश्रितलाई फलफूल वितरण कार्यक्रम गरिने र साँझ साढे ५ वजे विराटनगर ट्राफिक चौकमा दीप प्रज्वलन गरि दिवस समापन गरिने सचिव मैनालीले जानकारी दिए ।

११२ औं अन्र्तराष्ट्रिय महिला दिवस ‘सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाईदैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *