Sajhamanch Archive

कहालीलाग्दो कर्णाली राजमार्ग, यसरी दुर्घटनाबाट जोगियो मालवाहक ट्रक

Published: in समाज by .

कालीकोट । कर्णाली राजमार्गमा मालवाहक ट्रक मुस्किलले दुर्घटनाबाट जोगिएको छ । कालीकोट खण्डको मोडमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले जुम्ला पठाएको बालबालिकालाई दिइने पौष्टिक आहार बोकेको ट्रक सडकबाट ५० प्रतिशत भाग तल गएर अड्किएको हो ।

आइतवार दिउँसो नेपालगञ्जबाट आउँदै गरेको ना ४ ख २८६० को ट्रक मोडमा ठाउँ नपुग्दा सडकबाट तल गएको तर खस्नबाट जोगिएको छ । कर्णाली राजमार्गमा रहेको हुल्म अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तिलकबहादुर डाँगीले ट्रकको आधा भाग तल खसिसकेको अवस्थामा स्टिलवार र वालमा अघिल्लो भाग अड्किएकाले दुर्घटनाबाट जोगिएको बताए ।

कैलाली घर भएका हरिश धामीले ट्रक चलाएका थिए । दुर्घटनाको खबर पाउने बित्तिकै प्रहरी त्यस क्षेत्रमा पुगेको थियो । प्रहरीले चालक धामीलाई सकुशल उद्धार गरेको छ । प्रहरीले साङ्लोले बाँधेर ट्रकमा लोड गरिएको पौष्टिक आहार सुरक्षित निकालेको छ । यस क्षेत्रमा मोड साँघुरो भएका कारण यस अघि पनि दुर्घटना भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *