Sajhamanch Archive

भारतले महाकाली नदीको बहाव परिवर्तन हुने गरी एकतर्फी तटबन्ध बनाउन थालेपछि तनाव

Published: in विविधा, समाज by .

दार्चुला । भारतले नेपालको अनुमति विना महाकाली नदीमा एकतर्फी रुपमा तटबन्ध बनाउन थालेपछि तनाव सिर्जना भएको छ ।

दार्चुलामा नेपाली पक्षलाई जानकारी नै नदिएर भारतीय पक्षले नदीको बहाव परिवर्तन हुने गरी आफूखुशी पक्की तटबन्ध निर्माणको कार्य गरेपछि दुवै पक्षबीच तनाव भएको हो । महाकाली नगरपालिका(४ स्थित लास्कु खोला नजिकै भारतीय पक्षले स्काभेटर लगाएर महाकालीको बहाव नेपाल फर्काउन खोज्दा स्थानीयले प्रतिवाद गरेका हुन् ।

मंगलबार भारतीय स्काभेटर बीच नदी हुँदै बहावलाई नेपालतर्फ पल्टाउन खोज्दा दुवै देशका स्थानीयबीच ढुङ्गा हानाहान भएको हो । वारिपारीका स्थानीयबीच भएको तनाव प्रशासनिक पहलपछि मत्थर भएको थियो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले नेपाली प्रशासनसँग समन्वय नै नगरी भारतले एकतर्फी एस्काभेटर चलाएर महाकाली नदीको बहाव परिवर्तन गर्न खोज्दा समस्या आएको बताएका छन् ।

गत माघमा दुवै देशका सीमा अधिकारीबीचको ‘भर्चुअल’ बैठकमा उपाध्यायले तटबन्ध निर्माणको विषय पनि उठाएका थिए । जवाफमा भारतीय पक्षले नेपाली भू(भागतिर केही असर नगर्ने गरी तटबन्ध निर्माण गर्ने र त्यसको विस्तृत जानकारी दिने प्रतिबद्धता जनाए पनि त्यसो हुन सकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *