Sajhamanch Archive

कमलनगर जेसीजद्वारा सामाजिक न्याय, लैंगिक समानता र दिगो विकास सम्बन्धि अन्तरक्रिया

Published: in विविधा, समाज by .

कमल । कमल नगर जेसीजले सामाजिक न्याय, लैंगिक समानता र दिगो विकाससँग सम्वन्धि अन्तरक्रिया गरेको छ ।

११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कमल नगर जेसीजले “सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासमा जेसीजको भुभिका” विषयक अन्तरक्रिया गरेको हो ।

सामाजिक न्याय र लैंगिक समानता भएमात्र दिगो विकासको सुनिश्चितता हुने भएकोले आगामी दिनमा जेसीजले स्थानिय तहसँग सहकार्यमा महिलाहरको क्षमता वृद्धिकालागी विभिन्न कार्यक्रम गर्नु पर्ने अन्तरक्रियामा सहभागीहरुले बताए ।

अन्तरक्रिायमा सामाजिक कामहरुमा अझैपनि महिला अग्रपंतीमा आउन नसकेको भन्दै महिलाहरुमा ज्ञान , सिप ,क्षमता विकासको लागि जेसीजले विभिन्न निकाय सँग समन्वय गरी महिलाहरुलाई पुरुष सरह समाज रुपान्तरणलागी अघि सार्नु पर्ने कार्यक्रम सहभागी महिलाहरुले बताए ।

अन्तरक्रिया कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, दमक नगरपालिका उपप्रमुख गिता अधिकारी, गौरादह नगरपालिकाका उपप्रमुख गिता भेटवाल, सामाजिक व्याक्ति रेगिना प्रसाईले आगामी दिनमा जेसीज संगको सहकार्यमा महिलाहरुकालागी क्षमता अभिवृद्धि गर्न आवश्यक सहयोग गर्ने बताएका छन् ।

कार्यक्रममा कमल गाउँपालिकाका महिला जनप्रति, सामुदायिक विद्यायलयका प्रधानानध्यापक, विभिन्न संघ सस्थाका प्रतिनिधीको उपस्थित रहेको थियो भने गौरादह र दमक नगरपालिकाबाट पनि विभिन्न संघ सस्थाका तर्फबाट सहभागी रहेको कार्यक्रम संयोजक जेसी मनिषा कठायतले जानकारी दिइन् ।
कमल नगर जेसीज वर्ष २२ का महासचिव भिम प्रसाद अधिकारीले सन्चालन गरेको कार्यक्रमको सहजिकरण कमल नगर जेसीज वर्ष २२ का अध्यक्ष नारायण बस्नेतले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *