बिर्तामोडमा वडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिता हुने
Published:
by .विर्तामोड । प्रदेश स्तरीय वडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिता फागुन २७ र २८ गते बिर्तामोडमा हुँदै छ । बिर्तामोड नगरपालिका ५ मा रहेको बडी ग्यारेजको आयोजना तथा गरिमा मल्टिपर्पोज बिर्तामोड २ चारपानेको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो ।
कोरोना महामारीको विच थलिएको खेल क्षेत्र चलायमान बनाउनका लागि यो प्रतियोगिता महत्वपुर्ण हुने आयोजक समितिका अध्यक्ष अर्जुनकुमार मैनालीले जानकारी दिनु भयो । प्रतियोगितामा प्रदेश १ का एक सय ५० जना महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजी माथि तौल समूहको छुट्टा÷छुट्टै प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगिताका ओभरल च्याम्पियनले नगद तीन लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समिति संयोजक राम दाहालले जानकारी दिनु भयो । प्रतियोगितामा दोस्रो हुनेले दुई लाख, तेस्रोले १ लाख ,चौँथोले ७५ हजार र पाँचौं हुनेले ५० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । आयोजकका अनुसार महिला र पुरुषका लागि छुट्टै÷छुट्टै प्रतियोगिता आयोजना गरिएको हो ।
फागुन २७ गतेको प्रतियोगिता बिर्तामोड स्थित अतिथि सदनमा र २८ गते बिर्तामोड सिटी सेन्टरमा गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करीब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरीएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भएका खेलाडीहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैनन् ।
Comments