कनकाईमा ज्यष्ठ नागरिकको मुटु परिक्षणकालागि रगत संकलन
Published:
by .कनकाई र झापाको कनकाईमा नेपाल हृदय रोग निवारण प्रतिष्ठानले नगर क्षेत्रका ५० जना ज्येष्ठ नागरिकको मुटु रोगसँग सम्बन्धित स्वास्थ्य परिक्षणकालागि रगत संकलन गरेको छ ।
स्वास्थ्यको पहुँचबाट टाढा रहेका ग्रामिण समुदायका जेष्ठ नागरिकको लिपिड प्रोफाएल परिक्षणकालागि रगत संकलन गरिएको प्रतिष्ठान झापाका अध्यक्ष कुमारमणि पोखरेलले बताए ।
लक्षित समुदायलाई मुटु रोगको उपचारमा सहजिकरण र सहयोग गर्ने उद्येश्यका साथ स्थापना भएको प्रतिष्ठानले झापाका ग्रामिण क्षेत्रमा मुटु रोगसँग सम्बन्धित सचेतना साथै स्वास्थ्य शिविर संचालन गर्ने योजना रहेको प्रतिष्ठानका अध्यक्ष पोखरेलले जानकारी दिए । यसै बर्ष मात्र प्रतिष्ठानले ८ जनालाई शहिद गंगालाल हृदय रोग केन्द्रमा उपचारको लागि सिफारिस गरिएको अध्यक्ष पोखरेलको भनाई छ ।
प्रतिष्ठानका अध्यक्ष पोखरेलको सभापतित्व एवम् प्रेस चौतारी नेपाल प्रदेश नं. १ का कार्यसमिति सदस्य पत्रकार रामप्रसाद निरौलाको प्रमुख आतिथ्य रहेको कार्यक्रम कनकाई—७ स्थित ज्येष्ठ नागरिक भवनमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पत्रकार निरौलाले समाजमा रहेका अन्य संस्थाहरु भन्दा फरक उद्येश्य लिएर स्थापना भएको हृदय रोग निवारण प्रतिष्ठानले गरेको कार्यप्रति प्रशंसा गरेका थिए।
भmापाका ग्रामिण क्षेत्रमा यस अघिदेखि नै संस्थाले गर्दै आएको नामअनुसारको काम आफैंमा अब्बल रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथी निरौलाले मानव स्वास्थ्यकालागि समर्पित प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
प्रतिष्ठानका उपाध्यक्ष स्वास्थ्य प्राविधिक लक्ष्यन्द्र यादवले संस्थाका तर्फबाट संकलन गरेको रगत प्रतिष्ठानका निवर्तमान अध्यक्ष डाक्टर सि.पी. यादवले परिक्षण गर्ने जनाइएको छ । रगत परिक्षणपछिको रिपोर्टका साथमा डाक्टर यादवले सम्बन्धित ज्येष्ठ नागरिकहरुसँग समन्वय गर्ने बताइएको छ ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको आयोजना एवम् ज्येष्ठ नागरिक संघ कनकाईको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका अवसरमा सबै उमेर समूहका मानिसको मुटु सम्बन्धि समस्या साथै यसको रोकथामका बारेमा सचेतना जगाइएको थियो ।
ज्येष्ठ नागरिक संघ कनकाईका सचिव शम्भु पोखरेलको स्वागत तथा प्रतिष्ठानका सचिव लुवराज उप्रेतीले संचालन गर्नुभएको कार्यक्रममा प्रतिष्ठानकै सदस्य दिनेश पोखरेलले औचित्यमाथी प्रकाश पारेका थिए ।
Comments