Sajhamanch Archive

तीन लाख युक्रेनी नागरिक हतियारसहित सेनालाई सघाउँदै

Published: in विश्व समाचार by .

किभ । रुसले आक्रमण गरेपछि झण्डै तीन लाख जना युक्रेनी नागरिकले हतियारसहित सेनालाई सघाइरहेका छन् ।

युक्रेनको सेनालाई सघाउन एक लाख जना युक्रेनमै रहेका नागरिक सैन्य गतिविधिमा संलग्न रहेको र थप दुई लाख जना युक्रेनी नागरिक युरोपका विभिन्न देशबाट स्वदेश फर्केर सेनालाई सघाइरहेको बीबीसीले जनाएको छ । रुसी सेनाले युक्रेनमा आक्रमण थालेपछि युक्रेनी सरकारले सेनालाई सहयोग गर्न नागरिकसँग आग्रह गरेको थियो ।

युक्रेनमा सेनालाई सहयोग गर्न चाहने जोकोहीलाई पनि सरकारले हतियार दिने गरेको छ । यसैबीच युक्रेनका रक्षामन्त्री एलेक्सेइ रेज्रिकोभले रुससँगको लडाइँमा अप्रशिक्षित नागरिकलाई अग्रपंत्तिमा नखटाउने घोषणा गरेका छन् । उनले सेनाको प्रशिक्षण नलिएका नागरिकलाई अग्रपंत्तिमा खटाउँदा क्षति धेरै हुने भएकाले तालिमप्राप्त सेनाको सहयोगीका रुपमा मात्रै खटाउने बताएको खबरमा उल्लेख छ ।

युद्धका क्रममा सेनाभन्दा धेरै नागरिक मारिएको भन्दै रक्षामन्त्री रेज्रिकोभले रुसको सामना गर्न तालिमप्राप्त र युद्धमा पोख्त सेना पर्याप्त रहेको भन्दै लडाइँको अग्रभागमा सेना नै रहने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *