Sajhamanch Archive

बाइजुराज महिलाहरुलाई क्षमता अभिबृद्धि तालिम

Published: (Updated: ) in समाज by .

झापा । श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल प्रदेश नं.१ जिल्ला कार्य समिति झापाले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

समितिले आज शुक्रबारबाट दुईदिने २७ र २८ गते प्रशिक्षण कार्यक्रम सुरु गरेको बाइजुराज महिला समिति झापाकी अध्यक्ष मिरा अधिकारी ओलीले जानकारी दिइन । उनका अनुसार झापाका ३४ वटा प्रारम्भिक समितिबाट सहभागि हुने बाइजुराज महिलाहरुलाई क्षमता अभिबृद्धि गर्ने उदेश्यले माइन्युट लेखन, उद्घोषण, लेखा, प्रतिवेदन लेखन , धार्मिक आचरण लगायतको तालिम प्रदान गरिने छ ।

झापाको धुलाबारीमा रहेको श्री कृष्ण प्रणामी मन्दिरको प्राङ्गणमा आजबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्धघाटन नेपाल बाइजुराज केन्द्रिय समितिकी अध्यक्ष शारदा शर्माले गरेकी थिइन् ।

प्रशिक्षण कार्यक्रममा श्री कृष्ण प्रणामी मन्दिर चाराआलीका अध्यक्ष देवी खनाल, धुलबारी प्रा.स.का अध्यक्ष जिवन सापकोटा, श्री कृष्ण प्रणामी युवा परिषदका केन्द्रिय सदस्य मदन अधिकारी, जिल्ला अध्यक्ष टहलदास ओली, बिर्तामोड अध्यक्ष दिनोज बजगांई, बाइजुराज इकाई चारपाने प्रा.स. यसोदा उप्रेती, कार्यक्रमका विशिष्ट अतिथि नेपाल बाइजुराज केन्द्रिय समिति उपाध्यक्ष क्रमश विन्दु घिमिरे, मिरा संजेल, सुनिता भट्टराई, उषा लामिछाने, सुरसा चौलागांई, प्रदेश नम्बर १ संयोजक गंगा घिमिरे, २ नम्बर प्रदेश संयोजक मिरा तिम्सिना, विन्दा माताजी लगायतले शुभकामना मनतब्य राखेका थिए ।

धुलाबारी प्रा.स. को अध्यक्ष सरु घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन समितिको जिल्ला सचिव मेनुका सिटौला संग्रौलाले गरेकी थिइन ।
समितिको कोषाध्यक्ष कल्पना तिम्सिनाले औचित्माथि प्रकाश पारेको कार्यक्रम जिल्ला अध्यक्ष मिरा अधिकारी ओलीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा केन्द्रिय समितिका पदाधिकारी तथा सदस्य तथा देशका बिभिन्न जिल्लाका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *