Sajhamanch Archive

सेवा निवृत्त कर्मचारी समाजले भानु प्राविलाई दियो ३०० थान माक्स

Published: (Updated: ) in विविधा, समाज by .

भद्रपुर । सेवा निवृत्त कर्मचारी समाज झापाले भद्रपुर ८ स्थित भानु प्रा वि (आधारभूत विद्यालय) का विद्यार्थीका लागि ३ सय थान माक्स निशुल्क प्रदान गरेको छ ।

कोरोना संक्रमण टरिनसकेको भन्दै रोग सर्नबाट सचेत गराउन समाजले विद्यालयकी प्रधानअध्यापक सीता विमलीको रोहवरमा बाल क्लबकी अध्यक्ष अञ्जना राईलाई माक्स हस्तान्तरण गरेको हो ।

हिन्दु स्वयम सेवक संघ नेपाल र सेवा इन्टरनेशनलको संयोजनमा प्राप्त गरिएको माक्स समाजले सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रदान गर्ने क्रममा सो विद्यालयमा अध्ययनरत छात्र छात्राका लागि प्रदान गरिएको समाजका अध्यक्ष धनप्रसाद शिवाकोटीले जानकारी दिए ।

समाजका सचिव चेतनाथ भट्टराईको सञ्चालन तथा सदस्य उत्तम सुवेदीले सहजीकरण गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश जोशी, समाजकी उपाध्यक्ष रेखा अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *