मौरीपालक कृषकलाई घार र प्राविधिक सामाग्री वितरण
Published:
by .विर्तामोड । बिर्तामोड नगरपालिकाले विभिन्न वडाका ९ जना मौरी पालक कृषकलाई मौरीसहितको घार र प्राविधिक सामाग्री वितरण गरेको छ ।
बिर्तामोड १० मा आयोजित व्यवसायिक मौरी विकास तालिमको समापन कार्यक्रमका विच नगर उपप्रमुख पवित्रा महातारा प्रसाईले सहभागीहरुलाई प्रमाणपत्र सहित आधार चाका, धुवादानी,टोपी,व्रस,महदानी लगायतका सामाग्री सहित मौरीका घार हस्तान्तरण गर्नु भएको हो । नगरपालिकाको ७० प्रतिशन अनुदान र कृषकको ३० प्रतिशत लगानिमा मौरीसहितको घार वितरण गरीएको नगरको कृषिशाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए ।
बिर्तामोड नगरपालिकाको सहयोगमा मौरी श्रोतकेन्द्र स्थापना केन्द्र निर्माणका लागि निरम कृषि फर्मले ३ दिने तालिमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख प्रसाईले मौरीपालनमा थप व्यवसायीक बन्न र उत्पादन बढाउन सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भयो । तालिममा सिताराम ढकालले प्रशिक्षण प्रदान गर्नु भएको थियो । कार्यक्रममा कृषि शाखाका प्रमुख राजेन्द्र कडरिया,प्राविधिक सुजित शाह लगायतको उपस्थिति रहेको थियो ।
Comments