फ्रान्स र अमेरिकामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’
Published: (Updated: )
by .काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखा परेको छ । ओमिक्रोन र डेल्टा भाइरस उत्परिवर्तित भएर कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखा परेको हो । अमेरिका र फ्रान्समा कोरोनाको नयाँ भेरियन्ट डेल्टाक्रोनका संक्रमित फेला परेको स्काइ न्यूजमा समाचार छ ।
साइप्रसको एक ल्याबमा परीक्षण गर्दा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको हो । फ्रान्सका कतिपय स्थानमा डेल्टाक्रोन भाइरसबाट संक्रमितहरुको संख्या बढदै गएको समाचारमा उल्लेख छ । डब्लूएचओले नेदरल्याण्ड र डेनमार्कमा समेत नयाँ भेरियन्ट डेल्टाक्रोन फेला परेको पुष्टि गरेको छ ।
गत महिना बेलायतका एक व्यक्तिमा डेला र ओमिक्रोन दुबै भेरियन्टको लक्षण देखा परेको थियो । विश्व स्वास्थ्य संगठनले युरोपका कतिपय मूलुकमा डेल्टाक्रोन फैलन थालेको पुष्टि गरेको छ । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० का प्रमुख टेड्रोस एधनम ग्याब्रियससले नयाँ भेरियन्टलाई नियन्त्रण गर्न कोरोना परीक्षण तीब्र पार्नुपर्ने बताएका छन् ।
Comments