बिर्तामोडको मनकामना कलेजले गर्यो नवआगन्तुक विधार्थीलाई स्वागत अभिनन्दन
Published: (Updated: )
by .बिर्तामोड । विगत लामो समयदेखि उच्च शिक्षामा अग्रणी स्थान ओगटेको बिर्तामोडस्थित मनकामना कलेजले नव आगन्तुक कक्षा ११ र स्नातक तह प्रथम वर्षका विधार्थीलाई आज स्वागत अभिनन्दन गरेको छ ।
क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित स्वागत अभिनन्दन कार्यक्रममा विशेष सांस्कृतिक कार्यक्रमका बीचमा विद्यार्थीहरुलाई अबिर लगाएर स्वागत गरिएको थियो ।
दुई खण्डमा विभाजित स्वागत कार्यक्रमको पहिलो चरणमा औपचारिक ढाँचामा प्रस्तुति गरिएको थियो भने दोस्रो खण्डमा अनौपचारिक तवरबाट गीत संगीत एवम् मनोरञ्जनात्मक सामग्रीहरु राखिएको थियो ।
कलेजको मातृसंस्था कौटिल्य एजुकेसन फाउन्डेसनका अध्यक्ष कुमार बस्नेतले पहिलो सत्रमा मन्तब्य राख्दै उच्च शिक्षा ग्रहण गर्न आउने विद्यार्थीमा जोश जाँगर अनि उत्साह हुनुपर्ने सुझाए ।
सो कार्यक्रममा क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले मनकामनाको २३ वर्षे शैक्षिक यात्राको चर्चा गर्दै विद्यार्थीहरुलाई शिक्षण विधि एवम् प्रयोगात्मक र खेल विधिबाट व्यवहारिक ज्ञान प्रदान गर्ने गरिएको बताए । मनकामना कलेज तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रकै पहिलो पत्रकारिता पढाउने क्याम्पस भएको स्मरण राउँदै क्याम्पस प्रमुख भट्टराईले मनकामनामा सञ्चालित कानून संकाय पनि ७०० पूर्णाङ्कको रहेको अवगत गराए ।
यस्तै शैक्षणिक कोअर्डिनेटर कुमार थपलियाले कलेजको स्लोगान स्मरण गराउँदै शिक्षा ग्रहण गर्न आउने सबै विद्यार्थीमा लागू हुनुपर्ने सुझाव दिए ।
सहायक–क्याम्पस प्रमुख राजेन्द« प्रसाईले शाब्दिक मन्तव्य राख्दै नव आगन्तुक विधार्थीहरुलाई स्वागत गरेका थिए ।
औपचारिक कार्यक्रमलाई पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख प्राध्यापक गोपाल काफ्लेले सञ्चालन गरेका थिए भने दोस्रो चरणको मनोरञ्जनात्मक कार्यक्रमको सञ्चालन बिए तेस्रो वर्षका हरिकृष्ण भण्डारीले गरेका थिए ।
कार्यक्रमको पहिलो सत्रमा प्रियंका उप्रेतीले स्वागत कविता र तारा शाहले स्वागत गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा स्नातक तह प्रथम वर्षका भरत प्रसाइ र देव बाँस्कोटाले समसामयिक व्यङयात्मक कविता वाचन गरे ।
सोही कार्यक्रमका बीच कक्षा ११ र १२ का विद्यार्थीमाझ गत मंसिर महिनामा सञ्चालित ‘आमा’ शीर्षकको निबन्ध लेखन प्रतियोगिताका उत्कृष्टहरुलाई पुरस्कृत गरियो ।
प्रतियोगितामा प्रथम हुने कानुन संकायक पुजा अधिकारीलाई एक हजार रुपैयाँ, दोस्रो हुने इशा योञ्जनलाई ७०० रुपैयाँ र तेस्रो हुने सेमी आङ्बुहाङलाई ५०० रुपैयाँ नगद पुरस्कार कौटिल्य एजुकेसन फाउन्डेसनका अध्यक्ष बस्नेतले प्रदान गरेका थिए ।
Comments