Sajhamanch Archive

सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्यान्वयनमा ल्यायो : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् ।

उनले सरकारले राष्ट्रिय सुरक्षा नीति र यस क्षेत्रको प्रभावकारिताका लागि एकीकृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय तथा निकायहरुमा कार्यान्वयनका लागि पठाएको पनि बताए ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिलाई थप सुदृढ र सफल बनाउँदै जान आवश्यक रहेको पनि बताए ।

बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्यान्वयनमा लगेको दाबीसमेत गरे ।

प्रधानमन्त्री देउवाले एकीकृत कार्ययोजनाको प्रगति अनुगमन गर्ने जिम्मेवारीसमेत राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई प्रदान गरिएको उल्लेख गर्दै आफ्नो जिम्मेवारीलाई प्राथमिकताका साथ पूरा गरी राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा यस सचिवालयले महत्वपूर्ण योगदान पुरयाउने अपेक्षा राखेको पनि बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *