Sajhamanch Archive

सबै दलले आफ्नै दलीय चिह्नबाट लड्न पाउँछन् : आयोग

Published: in राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं, अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका अन्य दलले आफ्नै दलीय चिन्ह्रबाट निर्वाचनमा भाग लिन पाउने भएका छन्।

बुधबार निर्वाचन आयोगको बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ बमोजिम राष्ट्रिय दलको मान्यता प्राप्त गरेको उम्मेदवारबाहेक राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता भएका दलका उम्मेदवारलाई सोही दलको निर्वाचन चिन्ह्र दिने निर्णय गरेको प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए।

स्थानीय तह निर्वाचन ऐनको दफा २६ मा राष्ट्रिय मान्यता प्राप्त दललाई मात्र दलीय चुनाव चिन्ह्र दिने व्यवस्था छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५२ मा प्रतिनिधिसभामा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने दललाई मात्र राष्ट्रिय दलको मान्यता दिने व्यवस्था छ।

आयोगले राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका, तर स्थानीय तह निर्वाचन २०७९ मा भाग लिन दर्ता भएका ७३ दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पत्रचार गर्ने निर्णय गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *