Sajhamanch Archive

चैत तेस्रो सातासम्ममा मेलम्चीको पानी काठमाडौँमा आउने

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by .

मेलम्ची, गतसाउन र भदौमा बाढीले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले वि.सं. २०७९ वैशाख १ गतेभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउने लक्ष्य राखेको हो ।

सिन्धुपाल्चोकको याङ्गी, लार्के र मेलम्ची खोलामा पहिरोसँगै आएको बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य प्रवेशद्वार ९बफर ड्याम० हेड वक्र्स र अडिट टनेलमा थुप्रिएको गेग्रान र लेदो हटाएर पानी सञ्चालन गर्ने तयारी भइरहेको छ ।

खानेपानी मन्त्रालयले उक्त लक्ष्यअनुरूप आयोजनालाई समय अगावै सम्पन्न गर्ने गरी कार्ययोजनासहित काम गरिरहेको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले बुधबार प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए ।

निरीक्षणका क्रममा उनले चैत तेस्रो सातासम्म काठमाडौँमा पानी पु¥याइने बताए । उनले भने, “चैत दोस्रो साताभित्र आयोजना क्षेत्रको सफाइ सकेर पानी काठमाडौँ पु(याउँछौँ ।”

उनले आयोजनाका मुख्य ठेकेदार चिनियाँ सिनो हाइड्रो कम्पनीका प्रतिनिधि, मेलम्ची खानेपानी विकास समिति तथा परियोजनाका पदाधिकारीलाई तोकिएको समयअघि नै सक्ने गरी काम गर्न निर्देशन दिए ।

सफाइको काम सकिएलगतै मुहानबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा पठाउने तयारी भइरहेको छ ।

उनले राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्ने सरकारको पहिलो लक्ष्य रहेकाले त्यसमा कुनै सम्झौता नहुने प्रष्ट पारे । बाढीले खानेपानी आयोजनाको मुख्य प्रवेशद्वार बफर ड्यामदेखि अम्बाथानसम्मका चारवटा ढोका र ८०५ मिटर सुरुङमा पुरेको थियो ।

आयोजना क्षेत्रबाट बाढीले थुपारेको एक लाख घनमिटरभन्दा धेरै गेग्रान र सुरुङ भित्रबाट छ हजार घनमिटर लेदो हटाउने काम सकिएको छ ।

बाढीका कारण मुहानको सुरुङको २०६ मिटर क्षेत्रसहित अम्बाथानको १७, २१ र ३८ नम्बर गेटमा गेग्रान र ठूला ढुङ्गा नेपाली सेनाको प्राविधिक टोलीले हटाएको छ ।

मेलम्ची खानेपानी आयोजनाका प्रमुख कार्यकारी वासुदेव पौड्यालले बाढीले क्षति पुगेको क्षेत्रमा कार्ययोजनासहित काम भइरहेको जानकारी दिए । कार्यप्रगति सन्तोषजनक रहेकाले तोकिएको समयै पानी सुचारु हुने दाबी उनले गरे ।

चिनियाँ कम्पनी सिनो हाइड्रोले सफाइका लागि ३५ करोड रुपियाँको ठेक्का पाएको थियो । उक्त कम्पनीले तोकेको समयभन्दा एक महिनाअघि काम सक्ने गरी अन्य तीनवटा सहायक ठेकेदारमार्फत काम गरिरहेको छ ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इञ्जिनियर पदम कुँवरले सफाइको काम सकिन लागेको जानकारी दिए । उनले गेग्रान हटाउन २४सै घण्टा काम भइरहेको बताए ।

१५० जना प्राविधिकले तीन चरणमा काम गरिरहेका छन् । बाढीका कारण पानी नियन्त्रण गर्ने ९ नम्बर गेट, अडिट टनल, ३८ नम्बरको ढोकामा थुप्रिएको गेग्रान हटाएर सुरुङभित्र छिरेको लेदो बालुवा हटाउने काम भइरहेको छ ।

चिनियाँ कम्पनी सिनो हाइड्रोका नेपाल प्रतिनिधि कृष्णकुमार तामाङले प्राविधिकसहितका झन्डै १५० कर्मचारीले सफाइ तथा मर्मतको काम गरिरहेको र सरकारले तोकेको समयभन्दा एक महिनाअघि नै काम सम्पन्न हुने बताए ।

बाढीले पु¥याएको क्षति र भावी योजनाबारे अहिले एसियाली विकास बैङ्कले विज्ञ टोली बनाएर अध्ययन गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *